झ्याप्लेखोला नजिकै पहिरो, काठमाडाैं भित्रिने सडक अवरुद्ध


काठमाडौं – लगातारको वर्षापछि गएको पहिरोका कारण मुग्लिङ–नारायणगढ सडक अवरुद्ध भएको छ ।

उक्त सडकखण्ड अन्तर्गतको नागढुंगामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

नागढुंगा चेकपोष्ट तल झ्याप्लेखोलामा नजिकै माथिबाट खसेको पहिरोका कारण काठमाडौंबाट बाहिर जाने र भित्रिने सवारी साधनहरु रोकिएका छन् ।

अहिले उक्त सडक खोल्ने काम भइरहेको छ । लगातार वर्षाका कारण अपेक्षित रुपमा काम गर्न नपाइएको जनाइएको छ ।

May be an image of 6 people

तस्बिरः डा. कल्याणी मिश्र त्रिपाठी

 

प्रतिक्रिया