बम आक्रमणको धम्कीपछि दिल्लीमा बढाइयो सुरक्षा सतर्कता


नयाँदिल्ली – भारतको राजधानी दिल्लीस्थित विभिन्न सपिङ मलमा बम आक्रमणको धम्की आएपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ।

दिल्ली प्रहरीका अनुसार चाणक्य मल्ल, सेलेक्ट सिटीवाक, एम्बियन्स मल, डीएलएफ, सिने पोलिस, प्यासिफिक मल, प्राइमस अस्पताल र युनिटी समूहलाई मंगलबार बम विस्फोट हुने धम्कीको पत्र प्राप्त भएको थियो।

सूचना प्राप्त हुने बित्तिकै मलका अधिकारीले दिल्ली प्रहरीलाई जानकारी दिएको दिल्ली प्रहरीले बताएको छ । जानकारी पाएलगत्तै प्रहरीले अनुसन्धान थालेको थियो । घटनास्थलमा बम डिस्पोजल टोली र दमकल पुगेको थियो । हालसम्म बम फेला परेको छैन।

गुरुग्रामको एम्बियन्स मलमा अगस्ट १७ मा बम आक्रमणको धम्की प्राप्त भएको थियो। तर खोजीका क्रममा कुनै संदिग्ध वस्तु फेला नपरेको गुरुग्राम प्रहरीले जानकारी दिएको छ ।

‘एम्बियन्स मलको प्रशासनले मलमा बम राखिएको सूचना प्राप्त गरेको थियो। सूचना पाएपछि बम पत्ता लगाउने तथा डिस्पोजल टोलीलगायत सबै घटनास्थलमा पुगेका थिए’,एसीपी विकास कौशिकले पत्रकारलाई बताए।

 

प्रतिक्रिया