पहिराेले गोठ पुर्दा जनावर जोगाउन गएका थापाले गुमाए ज्यान


सन्धीखर्क – अर्घाखाँचीमा पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको शितगंगा नगरपालिका-१३, सिमलपानीमा मंगलबार बिहानको वर्षापछि पक्की पिल्लरसहित २ तले गोठ माथिबाट खसेको पहिरोले पुरिंदा ३५ वर्षीय बिष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

पहिरो खस्न थालेपछि गोठमा भएका जनावरहरू बाहिर निकाल्न गएका थापाको पहिरोमा परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी गोठमा रहेका एउटा पाडो र दुईवटा बाख्रा समेत मरेकाे पनि जनाइएको छ ।

प्रतिक्रिया