भौतिक पूर्वाधार मन्त्रालयको एक महिनाको वित्तीय प्रगति ६ अर्ब १६ करोड रुपैयाँ


काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको एक महिनाको वित्तीय प्रगति ६ अर्ब १८ करोड रुपैयाँ भएको छ ।

विभागीय मन्त्री देवेन्द्र दाहालले आइतबार आफ्नो कार्यकालको एक महिने प्रगति विवरण सार्वजनिक गर्दै यसबारे जानकारी गराएका हुन् । आर्थिक वर्ष २०८१/०८२ मा विनियोजन भएको बजेटमध्ये श्रावण मसान्तसम्म सो रकम खर्च भई ४.११ प्रतिशत वित्तीय प्रगति हासिल भएको उनले जानकारी दिए ।

यस्तै आफ्नो एक महिने कार्यकालमा राष्ट्रिय यातायात नीति मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि पेस भएको, राष्ट्रिय राजमार्ग अवरुद्ध नहुने गरी व्यवस्था मिलाइएको, सडक बोर्ड पूर्ण दिइएको उनले जानकारी दिए । दाहालले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि भए गरेका कामकारबाहीको विवरणसहित २३ बुँदे कार्यप्रगति विवरण सार्वजनिक गरेका छन् ।

1

2

3

4

प्रतिक्रिया