

फोटो खिच्ने क्रममा बंगलादेशका नागरिक बागमतीमा खसे, खोजी हुँदै

काठमाडौं- बंगलादेशका नागरिक बागमती नदीमा बेपत्ता भएका छन् ।
शनिबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका– १ सुन्दरीजलस्थित बागमती नदीमा फोटो खिच्ने क्रममा खसेर उनी बेपत्ता भएका हुन् ।
उनको खोजीकार्यमा सशस्त्र प्रहरी बल गोताखोरको टोली आजबाट खटिएको छ । उनको परिचय खुलेको छैन ।

