संसद भवन परिसरमा प्रदर्शन गर्ने अछामका देवकोटा पक्राउ


काठमाडौं- भित्र प्रतिनिधिसभा बैठक चलिरहेको बेला संसद भवन परिसरमा प्रदर्शन गर्ने एक विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अछाम घर भएका दीपक देवकोटालाई प्रहरीले प्रदर्शन गर्न नपाइने स्थानमा आन्दोलन गरेकाे भन्दै नियन्त्रणमा लिएको हाे ।

रत्न राज्य क्याम्पसका स्नातक तहमा अध्ययनरत उनले  मुखमा टेप लगाएर संसद भवन परिसरमा विरोध प्रदर्शन गरेका थिए ।

उनले ‘भुटानी शरणार्थी प्रकरण, सहकारी ठग, गिरीबन्धु प्रकरणमा सजाय खोइ ?’ बंगलादेशको विद्यार्थी आन्दोलन नेपालमा पनि शुरु गर्नुपर्ने हो ?’ भन्दै प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया