
भेरी नदीको जलसतह बढ्यो
सुर्खेत – सुर्खेतस्थित भेरी नदीमा शनिबार बाढीको खतरा रहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार समजिघाट जल मापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको हो।
नदीको जलसतह बढ्दो रहेकाले नदी तटीय क्षेत्रमा दिउँसो १२ बजे सम्म सतर्कता अपनाउन महाशाखाले एसएमएस अलर्टसमेत जारी गरेको छ।



कागजपत्र |
