पोखराका पहारी अमेरिकाको जर्जियाका लागि पर्यटन बोर्डको जनसम्पर्क दूत नियुक्त


काठमाडौं– नेपाल पर्यटन बोर्डले पोखरा–६ का दिपक पहारीलाई अमेरिकाको जर्जिया राज्यका लागि जनसम्पर्क दूतमा नियुक्त गरेको छ।

बोर्डले उनलाई २ वर्षको लागि जनसम्पर्क दूतको जिम्मेवारी दिएको हो। नेपालको पर्यटन प्रबद्र्धनमा पहारीले अमेरिकामा कुशल भूमिका खेल्दै आएका थिए।

आगामी केही महिनापछि अमेरिकामा नेपालको पर्यटन र त्यसको प्रचारका लागि पहारीले कार्यक्रम गरी अमेरिकी अधिकारीलाई सहभागी गराउने तयारी गरेका छन्।

प्रतिक्रिया