दक्षिण कोरियामा गर्मीले १४ मृत्यु


सोल – दक्षिण कोरियामा यो वर्ष उष्ण लहरका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ।

गृह मन्त्रालयका अनुसार मे २० देखि अगस्ट ४ को बीचमा गर्मीसम्बन्धी रोगको उपचार गर्ने बिरामीको सङ्ख्या एक हजार ६९० पुगेको छ । यो गत वर्षको सोही अवधिमा भएको एक हजार ६४६ भन्दा बढी हो।

हालको उष्ण लहरले दुई लाख ७७ हजार कुखुरासहित तीन लाख तीन हजार पशुधन मरेका छन्।

गत सातादेखि देशैभरको तापक्रम ३५ डिग्रीको हाराहारीमा रहेको र ४० डिग्री सेल्सियससम्म पुगेको छ।

यहाँ उष्णकटिबन्धीय रातहरूसँगै अत्यधिक गर्मी कम्तीमा अगस्ट १५ सम्म जारी रहने मौसम एजेन्सीको पूर्वानुमान छ ।

प्रतिक्रिया