भक्तपुरमा बाल्टिनको पानीमा डुबेर ११ महिने बालिकाको मृत्यु


भक्तपुर – भक्तपुरमा बाल्टिनमा रहेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक–१० चित्तापोलमा बाल्टिनमा रहेको पानीमा डुबेर ११ महिनाकी नेलिस्ता बस्नेतको मृत्यु भएको हो ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भइ हाल भक्तपुर बस्दै आएकी गीता बस्नेतकी छोरी नेलिस्ताको मृत्यु भएको हो ।

सोमबार साँझ बाल्टिनमा रहेको पानीमा डुबेर उनी घाइते भएकी थिइन् । उपचारको क्रममा ख्वप अस्पताल च्यामासिंहमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया