बंगलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्न नोबेल पुरस्कार विजेता युनुस तयार


काठमाडाैं- बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेपछि सोमबार सेनाप्रमुखले अन्तरिम सरकार गठन हुने घोषणा गरेका थिए । तर,  विद्यार्थी आन्दोलनकारीहरूले  सेनाको नेतृत्वमा अन्तरिम सरकार बने त्यो अस्वीकार्य हुने बताएका छन् ।

उनीहरूले नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसलाई प्रमुख सल्लाहकारको रूपमा अन्तरिम सरकारको नेतृत्व दिन माग गरेका छन् । साेही  मागअनुसार माेहम्मद युनुस सरकारको प्रमुख सल्लाहकार बन्न सहमत भएका छन् । देशमा शैनिक शासनको खतरा बढेपछि उनी अन्तरिम सरकारको नेतृत्व गर्न तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनका प्रवक्तालाई उधृत गर्दै रोयटर्स पेरिसमामा सामान्य स्वास्थ्य जाँचपछि उनी बंगलादेश फर्किने भनिएको छ । उनी ओलम्पिक कमिटीको निमन्त्रणामा फ्रान्सको पेरिस गएका थिए ।

बंगलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजिनामा दिन बाध्य बनाएको थियो ।

 

प्रतिक्रिया