भारतमा कार चालक निदाएपछि बससँग ठक्कर, ७ जनाको मृत्यु


काठमाडाैं- भारतको उत्तर प्रदेशको इटावामा बस र कार ठोक्किएर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

गएराति पौने १ बजे आगराबाट लखनउ जाँदै गरेको कार र रायबरेलीबाट दिल्ली जाँदै गरेको डबल डेकर बस इटावाको एक्सप्रेस वेको १२९ माइलस्टोन नजिक आपसमा ठोक्किएको हो ।

कार आफ्नो लेन छाडेर बस आउने लेनतर्फ गएपछि दुर्घटना भएको इटावाका एसएसपी कुमार बर्माले बताए ।  दुर्घटनामा कारमा सवार तीनै जना र बसमा सवार चार जनाको मृत्य भएको एसएसपी बर्माले बताएका छन्।

दुर्घटनाको प्रकृति हेर्दा कार चालक निदाएका कारण विपरीत लेनमा पुगेको हुनसक्ने एसएसपी बर्मालाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।

कारसँग ठोक्किएपछि बस अनियन्त्रित हुँदै सडक तल खाल्डोमा खसेको थियो । बसमा सवार ६० जनामध्ये २५ जना घाइते भएको बिबिसीले जनाएको छ।

 

प्रतिक्रिया