साैर्य एयर दुर्घटनाः क्याप्टेन शाक्य आज अस्पतालबाट डिस्चार्ज हुँदै
काठमाडौं — सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनिष शाक्यलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ । उनको स्वास्थ्य सामान्य बन्दै गएपछि थप उपचारका लागि अस्पताल बस्न नपर्ने जनाउँदै आजै डिस्चार्ज गर्ने तयारी गरिएको हो ।
अस्पतालकी निर्देशक डा. मीना थापाका अनुसार उनको बाँकी उपचार घरमै बसेर थेरापी र अन्य उपचारलाई निरन्तरता दिन सकिने जनाइन् ।
डा. थापाले क्याप्टेन शाक्य तत्कालै काममा फर्किन सक्ने अवस्था भने नरहेको जनाइन् ।
आज अस्पतालले क्याप्टेन शाक्यलाई पत्रकारसँग साक्षात्कार गराउने तयारी गरे पनि दुर्घटनाको बारेमा छानबिन समिति बनेकोले प्रतिवेदन नआउँदासम्म तत्काल घटनाका बारेमा बोल्न भने रोक लगाइएको जनाउँदै उक्त साक्षात्कार कार्यक्रम रद्ध भएको छ ।