

स्पष्टिकरण दिने कि नदिने : एमालेमा नेपाल पक्ष आन्तरिक छलफलमा

काठमाडौं– प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसहित चार जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेपछि उक्त समूह सोमबार आन्तरिक परामर्शमा जुटेको छ।
स्पष्टिकरण दिने या नदिने अथवा प्रतिवाद गरेर जाने भन्ने विषयमा निर्णय लिन नेपाल पक्षका पदाधिकारी र स्थायी समिति सदस्यसहितको टोली अनौपचारिक छलफलमा जुटेको हो।
एमालेका विभिन्न भ्रातृ संगठनमा समानान्तर कमिटी गठन गरिरहेको समूहले प्रधानमन्त्री ओलीले एक्लौटी ढंगले निर्णय लिएको र छलफल नगरेको आरोप लगाउँदै आएको छ।
संसदीय दलको बैठक र केन्द्रीय कमिटीको बैठकबाट नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टिकरण सोधिएको थियो।

