काभ्रेको जंगलमा भेटियो १ महिनादेखि हराइरहेका श्रेष्ठको कंकाल


काभ्रे — काभ्रेमा जंगलमा एक कंकाल फेला परेको छ।

काभ्रेको पाँचखाल नगरपालिका–६ तिनपिप्लेस्थित सामुदायिक वनमा बुधबार साँझ मानव कंकाल भेटिएको हो।

उक्त कंकाल स्थानीय २१ वर्षीय विजय श्रेष्ठको रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठले जनाएका छन् ।

डिएसी श्रेष्ठका अनुसार कंकालनजिक फेला परेको चप्पलका आधारमा विजयका बाबुले शव पहिचान गरेका हुन्।

उनी असार १८ गतेदेखि हराइरहेका थिए। बुधबार जंगल गएका स्थानीयहरूले देखेपछि प्रहरीलाई खबर गरिएको थियो।

प्रतिक्रिया