
विमान उडिरहँदा एयर हाेस्टेजमाथि दुर्व्यवहार गरेपछि…
काठमाडाैं – एयर हाेस्टेजमाथि दुर्व्यवहार गरेपछि एक युवक पक्राउ परेका छन् ।
श्री एयरलाइन्सबाट धनगढी जाँदै गरेका शिवराज ओझा एयर होस्टेजलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।
मंगलबार काठमाडौँबाट धनगढीका लागि उडेकाे विमानमा सवार ओझाले साेहि विमानकी एयर हाेस्टेजमाथि दुर्व्यवहार गरेका थिए।
त्यसपछि, विवाद बढ्दै गएपछि उनले विमानका अरू कर्मचारीलाई पनि दुर्व्यवहार गरेकाे बताइएकाे छ ।
प्रहरीले विमान धनगढीमा अवतरण भएपछि उनलाई नियन्त्रणमा लिएकाे थियाे । प्रहरीले अभद्र व्यवहार मुद्दामा उनीमाथि अनुसन्धान गरिरहेको छ ।



कागजपत्र |