
नेपाली हवाई क्षेत्रको ‘बदनाम’ गर्न बिचौलिया समूह सक्रिय, ‘एक्सन’मा प्राधिकरण
काठमाडौं- यहि साउन ९ गते त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । दुर्घटना छानबिनका लागि सरकारले त्यही दिन ५ सदस्यीय आयोग गठन गरेको थियो ।
त्यसै घटनालाई लिएर राजनीति ‘खेल्न’ एउटा समूह सक्रिय भएको पाइएको छ । नेपालको हवाई क्षेत्र असुरक्षित भन्दै अन्तर्राष्ट्रिय स्तरमै बदनाम गर्न सक्रिय उक्त ‘गिरोह’को नेतृत्व पूर्व राज्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सांसद उदय शमशेर राणाले गरिरहेका छन् ।
आफ्नो पूरानो रिसिबी साँध्न तथा व्यक्तिगत फाइदाका लागि उनले हवाई क्षेत्रका लागि नेपाल असुरक्षित भएको भन्दै प्रतिनिधिसभामै भाषण गरिरहेका छन् । बिचौलिया तथा दलाल समूहबाट निर्देशित उनले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)माथि नै प्रश्न उठाएर उठाएर दुर्घटनामाथि खेल्दै आएका छन् । सोही गिरोहले हाल एमाले–कांग्रेसबीच भएको गठबन्धन आफूहरुले नै गरेको भन्दै प्रचारबाजीसमेत गरिरहेको छ ।
सुरक्षामा लापरबाही गर्ने कम्पनीका जहाज ग्राउण्डेड गर्ने तयारी
हवाई क्षेत्रको बद्नाम गर्न एउटा समूह लागिरहेका बेला नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) भने ‘एक्सन’मा उत्रिएको छ । उसले कमजोर सुरक्षा प्रणाली ६० प्रतिशतभन्दा कम भएका वायुसेवा प्रदायक कम्पनीका जहाजलाई ग्राउण्डेड गर्ने तयारी गरेको हो ।
यात्रुको जीवनमाथि खेलवाड गर्ने कम्पनीविरुद्ध कारबाही गर्न क्यानले साउनमा सबै कम्पनीको सुरक्षा व्यवस्थापन प्रणाली(एसएमएस) अध्ययन गर्ने बताइएको छ । अध्ययनपछि एसएमएसमा ६० प्रतिशतभन्दा कम अंक पाउने कम्पनीका जहाजलाई प्राधिकरणको सञ्चालक समितिबाट निर्णय गराएर ग्राउण्डेड गरिने तयारी भएको एक अधिकारीले बताए ।
हाल नेपालमा हवाईजहाज र हेलिकप्टर गरि जम्मा २० वटा वायुसेवा कम्पनी दर्ता छन् । ती सबैको एसएमएस पुनरावलोकन गर्न सुरु गरिसकेको ती अधिकारीले बताए । उनका अनुसार क्यानले सेफ्टी एक्सन ग्रुप, एक्जिक्युटिभ ग्रुप, सेफ्टी कमिटी लगायत तीनवटा कमिटीले चरणवद्ध रुपमा काम गरिरहेको छ ।
अघिल्लो वर्ष गरिएको अध्ययन अनुसार सबैभन्दा कमजोर श्री एयरलाइन्स रहेको थियो । उक्त कम्पनीको सुरक्षा प्रणाली ४६.६७ प्रतिशत मात्रै रहेको थियो । त्यस्तै सौर्य एयरलाइन्सका ५५.३२ प्रतिशत, नेपाल वायुसेवा निगमको ५५ प्रतिशत र तारा एयरको ५९.१७ प्रतिशत छ ।
हेलिकप्टरतर्फ भने मुस्ताङको २३.४० प्रतिशत मात्र थियो । त्यस्तै प्रभु हेलिकोप्टरको५०.२४ प्रतिशत र अन्नपुर्ण हेलिकोप्टर ३४.०४ प्रतिशत छ ।




कागजपत्र |
