बालाजुमा एटीएम फुटाउँदै गरेका युवक पक्राउ


काठमाडौं – पैसा चोर्न एटीएम फुटाउँदै गरेका एक युवक पक्राउ परेका छन् ।

आज (आइतबार) दिउँसो पौने ३ बजे बालाजु चोकस्थित माछापुच्छ्रे बैंकको एटीएम फुटाउँदै गरेको सूचना पाएर पुगेको प्रहरी टोलीले ती युवकलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा रौतहट घर भई कलंकी बस्दै आएका १८ वर्षीय राधेश्याम बैठा छन् ।

उनको साथबाट फलामको रड समेत बरामद गरिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया