हिजो महाकालीमा हाम फाल्ने महिला को हुन् ? किन रोजिन् देहत्याग ?


काठमाडाैं- शनिबार बेलुका दार्चुलाको महाकाली नगरपालिका–४ रिङ्ने ताल क्षेत्रस्थित महाकाली नदीमा एक किशोरीले हाम फालेकी थिइन् । दुहुँ गाउँपालिका–४ फारा माइत भएकी १७ वर्षीया धनिशा कुँवरले महाकालीमा हाल फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल नै बनेको थियो । हाल उनी महाकाली नगरपालिका–४ मा दिदीको घरमा बस्दै आएकी थिइन् ।

भिडियोमा उर्लिंदो महाकालीको किनारको सानो पिल्लरमा किशोरी अडेस लागेर उभिएकी देखिन्छिन् । नजिकै धेरै मान्छेको भीडभाड छ । कोही भिडिओ बनाइरहेका छन् । एकछिनमा ती किशोरी भएनजिक एक जना सुरक्षाकर्मी पुग्छन् ।उनको उद्धार गर्ने प्रयास गर्छन्। तर सुरक्षाकर्मीलाई देख्नासाथ ती किशोरी हत्तपत्त महाकालीमा हेलिन्छिन् ।

शनिबार धौलीगंगा बाँध खोलिएकोले महाकालीमा पानीको बहाब पनि बढेको थियो । सोही कारण हाम फालेको केहीछिनमै उनी महाकालीमा विलय भएकी थिइन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार किशोरीको खोजी जारी रहेपनि अहिलेसम्म अवस्था पत्ता लागेको छैन ।

श्रीमानबाट पीडा पाएपछि…
ती महिला महाकाली नगरपालिका– १ कोट घर भएका उमेश कुँवरकी श्रीमती हुुन् । धनिषामाथि श्रीमान् उमेशले पटक–पटक कुटपिट गर्नेदेखि घरमै थुनेर राख्ने गरेको छिमेकीहरुले बताएका छन् ।

 उमेश कुँवर

उक्त विषयमा जिल्ला प्रहरी कार्यालयमा उजुरीसमेत परेको थियो । उजुरी परेपछि गत माघ ७ गते सामुदायिक प्रहरी केन्द्र बांगाबगरबाट प्रहरी टोली कुँवरको घर गएको थियो । घरमा पुगेका प्रहरी हवल्दार जय बहादुर खड्का र प्रहरी जवान डम्बर ठगुन्नामाथि कुँवरले चक्कु प्रहार गरी घाइते बनाएका थिए ।

 चक्कु प्रहारपछि घाइते भएका प्रहरी

त्यसपछि प्रहरी हिरासतमा रहेला बेला कुँवरलाई अस्पताल लग्दै गर्दा उनी हतकडीसहित भागे थिए । भाग्न खोज्दा उनलाई प्रहरी जवान सुहान चौधरीले समात्ने प्रयास गरेका थिए । तर, ती अभियुक्त फरार भएर महाकाली तरेका थिए । भने, उनको पछि गएका प्रहरी जवान सुहान जिल्ला प्रहरी कार्यालयकै पछाडिपट्टीबाट लडेर घाइतेका भएका थिए ।

 प्रहरी जवान सुहान चौधरी

पछि उपचार गर्न लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको थियो । पछि पारी बसेका भारतीय सुरक्षाकर्मीले उनलाई पक्राउ गरेको थियो ।

यता एक्लै रहेकी धनिषा विभिन्न मानसिक तनावबाट गुज्रिरहेकी थिइन् । सोही कारण उनले देहत्याग गर्ने निर्णय लिएको हुनसक्ने आफन्त बताउँछन् ।

प्रतिक्रिया