पोखरामा पठाओ र इन ड्राइभविरुद्ध आन्दोलन


काठमाडाैं- गण्डकी प्रदेशमा पनि राइड सेयरिङको अवधारणा आएपछि स्थानीय यातायात व्यवसायीले आजदेखि प्रदेशभर सार्वजनिक यातायात ठप्प गर्ने चेतावनी दिएका छन्

। दुई पाङ्ग्रे र चार पाङ्ग्रे निजी सवारी साधनलाई एपमा आधारित राइड सेयरिङको अवधारणामा समेट्न खोजेको भन्दै सो को विरोधमा ज्ञापनपत्रसमेत बुझाइएको छ ।

यसैबीच राइड शेयरिङ विरुद्ध आन्दोलनमा उत्रिएका सार्वजनिक यातायातका चालक र सहचालकहरूले स्कुटरमाथि तोडफोड गरेका छन् । पृथ्वी चोकमा ग २० प  ३९७३ को स्कुटरमाथि तोडफोड गरेका हुन् ।  आन्दोलनरत पक्षले पत्रकार सुरज थापाको स्कुटरमा तोडफोड गरेका हुन् ।

प्रतिक्रिया