कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा कुलप्रसादको मृत्यु, तीन घाइते


धनगढी- कैलालीमा भएका छुट्टाछुटै मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । धनगढीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएका हुन् भने भजनीमा रुखमा मोटरसाइकल ठोक्किदा दुई जना घाइते भएका छन् ।

शनिवार धनगढी उपमहानगरपालिका–१४ फूलबारीस्थित हुलाकी सडक खण्डमा से ४ प ४७२९ र से ५ प २६५३ नम्बरको मोटरसाईकल आपसमा ठोक्किदा दुवै मोटरसाईकलका चालक गम्भीर घाइते भएका थिए ।

घाइते मध्ये से ५ प २६५३ नम्बरका मोटरसाईकल चालक फूलबारीका ५० वर्षीय कुलप्रसाद पंगालीको निसर्ग अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया जनाएको छ। अर्का चालक २६ वर्षीय आश्वीन पौडेलको भने उपचार भइरहेको छ।

शनिवार नै भजनी नगरपालिका–९ स्थित सुखड–भजनी सडकखण्डमा से २ प १९९२ नम्बरको मोाटरसाईकल सालको रूखमा ठोक्किएर दुर्घटना हुँदा २ जना घाइत् भएका छन ।

दुर्घटनामा मोटरसाइकल चालक भजनीका मकालु चौधरी र पछाडि सवार घोडाघोडी नगरपालिका–३ बस्ने ४२ वर्षीय जगतराम चौधरी घाईते भएको प्रहरीले जनाएको छ ।

उनीहरू दुवैको जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भईरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया जनाएको छ।

प्रतिक्रिया