कोशी सरकारबाट बाहिरियो माओवादी केन्द्र, समर्थन कायमै


काठमाडौं – माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार माओवादी केन्द्रका चार मन्त्रीले राजीनामा दिएसँगै प्रदेश सरकारबाट बाहिरिएको हो ।

कोशी प्रदेशमा एक जना राज्यमन्त्रीसहित माओवादीका ४ जना मन्त्रीहरू रहेका छन् थिए । माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास मन्त्रीमा,राजेन्द्र कार्की स्वास्थ्य मन्त्री,नारायण बुर्जा मगर पर्यटन बन तथा वातावरण मन्त्री थिएभने वन्दना झाँगड पर्यटन बन तथा वातावरण राज्यमन्त्री रहेकी थिइन् ।

केन्द्रमा काँग्रेस-एमाले गठबन्धन बनेदेखि नै कोशीमा माओवादी सरकारबाट बाहिरिनु परेको हो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यसअघि नै केन्द्रीय सत्ता समीकरण अनुसार प्रदेश सरकार पुनर्गठन गर्नुपर्ने भन्दै माओवादीलाई सरकार छाड्न सन्देश पठाएका थिए । तर, माओवादी भने मुख्यमन्त्रीले बर्खास्त नगरेसम्म सरकारमा नै रहने अडानमा थियो ।

सरकारबाट माओवादी केन्द्र बाहिरिएपनि मुख्यमन्त्री कार्कीलाई दिएको समर्थनभने कायमै राखेको छ ।

प्रतिक्रिया