बैठकमै चर्काचर्की परेपछि नबोली बाहिरीए सुदन किराती


काठमाडौं–संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा राजकिशोर यादव र नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वपर्यटनमन्त्री सुदन किराँतीबीच चर्काचर्की परेको छ ।
आज चार वटा विषयमा छलफलका लागि बोलाइएको बैठकमा उनीहरुबीच चर्काचर्की परेपछि किराती नबोलेरै बाहिरीएका थिए ।
समिति सभापति यादवले समय कम रहेकाले सांसद किराँतीलाइ विषयवस्तुमा केन्द्रित रहेर बोल्न आग्रह गरेका थिए ।
विषयमा केन्द्रित भएर कुरा राख्न यादवले आग्रह गर्दा किरातीले तपाईंले बुझ्न समस्या भयो भन्दै जवाफ फर्काए ।
त्यसपछि यादवले तपाईले हद पार गर्नुभयो भने ।
दोहरो चर्काचर्की परेपछि आफू नबोल्ने भन्दै किराँती बाहिरिएका थिए ।

प्रतिक्रिया