
विषालु च्याउ खाँदा दैलेखमा एकै परिवारका ४ जना बिरामी
दैलेख- विषालु च्याउ खादा दैलेखमा एकै परिवारका चार जना विरामी परेका छन । जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा डुङ्गेश्वर गाउँपालिका वडा–२ लाकुरीका एकै घरका चार जना विरामी परेका हुन् ।
बिरामी हुनेमा बर्ष ३० कि अमृता बिक, १३ वर्षीया छोरी मिना बिक, ९ वर्षीय छोरी रन्जना बिक र ५ वर्षीय छोरी शर्मिला बिक रहेको डुडुङ्गेश्वर गाउँपालिका- २का वडाध्यक्ष याम बहादुर बिष्टले बताए ।
विरामीलाई राति नै स्वास्थ्य सेवा कार्यालय दैलेखमा भर्ना गरिएको छ । अहिले उनीहरुको स्वास्थ्य सेवा कार्यालय दैलेखमा उपचार भईरहेको छ।



कागजपत्र |
