कैलालीमा अस्पताल भनेर बनाइएको चर्चमा सिडियोको टोली


काठमाडाैं- कैलालीमा अस्पतालको नाममा सञ्चालनमा ल्याइएको चर्चको अनुगमन गरिएको छ । मंगलबार कैलालीका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका अधिकारीले चर्चको अनुगमन गरेका हुन् ।

छालाको अस्पताल खोल्ने भन्दै निर्माण गरिएको भवनमा चर्च स्थापना गरिएको भन्दै स्थानीयको विरोधपछि अनुगमन गरिएको हो ।  स्थानीयको गुनासो आएपछि मङ्गलवार प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले चर्चको अनुगमन गरेका छन् । जिल्ला प्रहरी प्रमुख पदमबहादुर विष्ट, सशस्त्र प्रहरी र अनुसन्धानका अधिकारीसमेतले चर्च भवनको अनुगमन गरेका हुन् ।

धनगढी-७ मनेहरामा लेट मेइन धनगढी प्रालिले धनगढी-५ हसनपुरका प्रभाकर भण्डारीको साढे चार कट्ठा जग्गा भाडामा लिएर ६ हजार ८६१ वर्ग फिट क्षेत्रफल भएको दुई तले भवन निर्माण गरेको हो। व्यावसायिक प्रयोजन देखाएर भवन निर्माण गरी धर्म परिवर्तन गर्न चर्च चलाउने काम भएको भन्दै स्थानीयले चर्च बन्द हुनुपर्ने माग गर्दै आएका छन् ।

कैलालीमा अस्पताल बनाउने भनेर भाडामा लिइएको जग्गामा निर्माण गरियो चर्च

 

प्रतिक्रिया