‘महिलाहरुलाई जबसम्म हामी आदर गर्दैनौँ, तबसम्म हाम्रो विकास हुन सक्दैन’


काठमाडौं – नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले महिलालाई अगाडि नसारेसम्म देशले विकास गर्न नसक्ने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र विषयक विचार गोष्ठीमा उनले यस्तो बताएका हुन्। उनले महिलालाई आदर र सम्मानका साथ अघि बढाए मात्रै देशले गति लिने बताए। उनले महिलाले हरेक घर, समाज र देशलाई नै नेतृत्व गरी विकास गर्नसक्ने जिकिर गरे।

उनले महिलाहरुकै अग्रणी भूमिकाका कारण आफूले ४ पटक निर्वाचन जितेको बताए। उनले भने, ‘महिलाहरुलाई जबसम्म हामी आदर गर्दैनौँ, तबसम्म हाम्रो विकास हुन सक्दैन। महिला नै महिलाको बीचमा म हुर्किएको हुँ। समाजको साँचो महिलासँग हुन्छ। मैले चारपटक आफ्नो क्षेत्रबाट जितेँ। म महिला नै अगाडि भएर जितेको छु। महिला नभई कुनै पनि घरको ढोका खुल्दैन। त्यसैले महिलालाई हामीले आदर गर्नुपर्छ।’

सांसद कोइरालाले बिपी कोइराला बहुआयामिक व्यक्तित्व भएको बताए।

प्रतिक्रिया