‘संसद भिसा सिफारिसको कन्सल्टेन्सी जस्तो बनाइयो, मान्छे बेच्नेहरू यतैकतै छन्’


काठमाडौं – पाली कांग्रेसले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पृष्ठभूमिका नेता तथा उपसभामुख इन्दिरा रानाले नेपालस्थित अमेरिकी दूतावासमा केही युवालाई भिसा दिलाउन भन्दै आफ्नो कार्यालयको लेटरहेडमा सिफारिस गरेको विषयमा छानबिन गर्न माग गरेको छ ।

आइतबार  प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले संसद्लाई भिसा सिफारिसको कन्सल्टेन्सी जस्तो संसद बनाइएको आरोप लगाए ।

‘संसदमा कुनै साइनो नभएको मान्छे मानव तस्करको सम्पर्कमा पुगेर उपसभामुखबाट भिसा सिफारिस भएको छ । उपभामुखकै विदेश भ्रमणको निम्तो आएपनि सभामुखले अनुमति दिनुपर्छ । तर, संसद्ले नचिनेको मान्छ कसले किन र के प्रयोजनाको लागि भिसा सिफारिस गरियो ?’ सांसद खतिवडाले भने, ‘  भिसा सिफारिसको कन्सल्टेन्सी जस्तो संसद नबनाइयो । यस घटनामा छानबिन गर्नुपर्छ । मान्छे बेच्नेहरू यतैकतै छन् ।’

प्रतिक्रिया