
प्रधानमन्त्री नियुक्तिविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा परेको छ ।
ओलीको नियुक्ती नेपालको संविधानको धारा ७६ (२) अनुसार गरिएको नियुक्ति संविधानविपरीत भएको भन्दै अधिवक्तात्रय दीपक अधिकारी, खगेन्द्रकुमार चापागाईं र शैलेन्द्रकुमार गुप्ताले गते रिट दायर गरेका थिए । रिट न्यायाधीश ढकालको इजलासको चौथो नम्बरमा परेको छ ।
रिटमा संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्री एकपटक नियुक्त भइसकेको अवस्थामा पुनः ओलीलाई त्यही धाराबाट बनाउन नमिल्ने दाबी गरिएको छ ।



कागजपत्र |
