
सिंहदरबारमा प्रचण्ड र नेपालबीच भेटवार्ता
काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सिंहदबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।
उनीहरुबीच पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ ।
यसअघि गत शुक्रबार प्रचण्ड, नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एकापसमा छलफल गरेका थिए ।



कागजपत्र |
