काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो जित


काठमाडौं – माल्दिभ्स​मा जारी काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित हासिल गरेको छ।

माले सिटीस्थित सोसल सेन्टरमा शनिबार भएको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो। नेपालले माल्दिभ्सलाई २५–१६, २५-९ र २५-१० ले पराजित गर्‍यो।

यसअघि लगातार दुई खेलमा पराजित भएको नेपाल माल्दिभ्सलाई हराएपछि चार टोली सहभागि च्याम्पियनसिपमा २ अंकसहित तेस्रो स्थानमा छ। सबै तीन खेल हारेको माल्दिभ्स अंकविहीन छ ।

पहिलो खेलमा नेपाल श्रीलंकासँग ३-१ सेटमा पराजित भएको थियो भने दोस्रो खेलमा कlर्गिस्तानसँग ३-० को सेटमा पराजित भएको थियो।

प्रतिक्रिया