प्रधानमन्त्री ओलीलाई तत्काल विश्वासको मत दिंदैनौं : लिङदेन


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । आफूहरुले अघि सारेको संविधान संशोधनको मुद्दामा सघाउन तयार रहेको बताउँदै अहिले विश्वासको मत दिने आधार तयार भइनसकेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् ।

अहिले सत्ता टिकाउनका लागि आफूहरुको मत आवश्यक पनि नभएको उनको तर्क छ । संविधान संशोधनका लागि नयाँ सरकार बनेको भनिए पनि पछिल्ला गतिविधिहरूले आशंका गर्ने धेरै ठाउँ देखिएको उनले बताएका छन् । राप्रपाले सरकारका काम कारबाही हेरेर आगामी दिनमा थप निर्णय लिने उनले बताएका छन् ।

संविधान संशोधनको सिँढी बनाएर वा खोल ओढेर सत्ता सहकार्यका लागि मात्रै मिलेको महसुस हुन थालेको बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद लगायतका पक्षमा आफ्नो पार्टी रहेको पनि अध्यक्ष लिङ्देनको भनाइ छ । प्रधानमन्त्री ओलीले भोलि सदनमा विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया