
डडेल्धुरामा १६ वर्षीया किशोरी बलात्कृत, भीमबहादुर पक्राउ
डडेल्धुरा- डडेल्धुरामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
जिल्लाको परशुराम नगरपालिका–१ स्यालकोटका ३३ वर्षीय भीमबहादुर कठायत बिहीबार पक्राउ परेका हुन् । उनले किशोरीलाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने आफन्तको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले कठायतलाई नियन्त्रणमा लिएको जनाएको छ ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कागजपत्र |
