इजरायल पठाइदिने भन्दै असुली धन्दा, अनुसन्धान गर्दै विभाग


काठमाडौं-  इजरायलमा कामदार पठाइदिने भन्दै पैसा असुल्ने गरिएकाे पाइएकाे छ ।  वैदेशिक रोजगार विभागले विभिन्न गिरोहले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर) को  काममा पठाउने भन्दै  पैसा उठाउने गरेकाे गुनासाे आएको जनाएको छ ।

विभागका महानिर्देशक डण्डुराज घिमिरेले एक विज्ञप्ति जारी गर्दै अनधिकृत रूपमा रकम असुली गरेको भन्ने जानकारी आएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘इजरायलमा कामदार पठाइदिने भनी विभिन्न निकाय तथा व्यक्तिहरुले अनाधिकृत रुपमा रकम असुली गरेको भन्ने जानकारी यस विभागमा प्राप्त भएकोले सो सूचनामा विभागको गम्भीर ध्यानाकर्षण भएको छ । यसका साथै कतिपय व्यक्ति/समूहबाट छनौट प्रक्रिया बारेमा संचार माध्यमबाट समेत भ्रामक सूचना सार्वजनिक समेत भैरहेको पाइएकोमा त्यस्ता गलत र भ्रामक कार्यमा संलग्न नहुन, विभागको आधिकारिक सूचनालाई आधार मान्नुहुन समेत अनुरोध गरिन्छ ‘ विज्ञप्तिमा भनिएकाे छ ।

 

प्रतिक्रिया