प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडाको चासोपछि रोकियो मौद्रिक नीति


काठमाडौं – आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति रोकिएको छ। पुरै तयारी गरेर आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको नेपाल राष्ट्र बैंकले अन्तिम समयमा आएर सार्वजनिक नगर्ने भएको हो।

केन्द्रमा सरकार फेरिएको र खासगरी प्रधानमन्त्रीको आथिक सल्लाहकारमा विहिबार मात्र नियुक्त भएका पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले मौद्रिक नीतिमा चासो राखेपछि आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति केही दिनका लागि स्थगित गरिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ।

यसअघि गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई ब्रिफिङ गरेर आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेका थिए ।

प्रतिक्रिया