चितुवाको आक्रमणबाट तनहुँमा एक बालकको मृत्यु


दमौली – तनहुँको बन्दीपुर गाउँपालिका-५ फलामडाँडामा चितुवाको आक्रमणबाट बिहीबार साँझ बालकको मृत्यु भएको छ ।

१३ वर्षीय सुन्दर अछामीको मृत्यु भएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए।

अछामी घर नजिकै चितुवाको आक्रमणमा परेका थिए। बन्दीपुर अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो। उनको शव अस्पतालमा राखिएको छ।

प्रतिक्रिया