
धितोपत्र बोर्डको अध्यक्ष फेरिए
काठमाडौं – उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल धितोपत्र बोर्डमा मन्त्रालयबाट प्रतिधित्व गर्ने प्रतिनिधि तथा अध्यक्ष फेरेका छन् ।
यसअघि मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व गर्दै आएका नरेन्द्रकुमार रानालाई फिर्ता बोलाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) भन्सार कार्यालयका प्रमुख महेश बराललाई मन्त्री पौडेलले बोर्ड अध्यक्ष बनाएका हुन् ।
बराललाई अर्थमन्त्री पौडेलले बुधबार नै नियुक्त गरेका थिए । बरालले बिहीबार कार्यभार सम्हालेका छन् ।
यसअघि नेकपा (माओवादी केन्द्र)का उप–महासचिव वर्षमान पुन अर्थमन्त्री हुँदा आफ्ना विश्वास पात्र रानालाई अध्यक्ष बनाएका थिए ।



कागजपत्र |
