
चन्द्रागिरि केबलकार सञ्चालनमा, अड्किएका यात्रुको उद्धार सहज
काठमाडौं –चन्द्रागिरि केबलकारमा सुस्त गतिमा सञ्चालनमा आएपछि अड्किएका यात्रुको उद्धारमा सहजता आएको छ ।
विद्युत सेवा अवरुद्ध हुँदा ६० जना यात्रु डिब्बामै अड्किएका थिए ।
काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीका अनुसार केवलकार सुस्त गतिमा चल्न सुरु भएको छ ।
अड्किएका यात्रुलाई निकाल्ने क्रम जारी छ ।



कागजपत्र |
