मुकुलले दिए रविलाई चेतावनी : म अर्को शालिकराम पुडासैनी बन्दिनँ


काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासीत महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई मुकुल ढकालले अर्को शालिकराम पुडासैनी नबन्ने चेतावनी दिएका छन् ।

आज उनले सामाजिक सञ्जालमा लेख्दै यस्तो चेतावनी दिएका हुन् ।

उनले लेखेका छन्,‘रवि लामिछानेज्यू आफ्ना भक्तहरू प्रयोग गरेर व्यक्तिगत जीवन र मेरो परिवार समेतलाई अनेकन् आक्षेप लगाउन थाल्नु भएछ । तपाईँ आफ्नो स्तर देखाउँदै हुनुहुन्छ । तपाईँ जति सक्नुहुन्छ, गर्नुहोस्, मेरो शुभकामना छ । चिन्ता लिनु पर्दैन, मुकुल ढकाल अर्को शालिकराम पुडासैनी बन्दैन ।’

प्रतिक्रिया