सिमलताल पहिरो: ५ सय बढी सुरक्षाकर्मी, २ सय मिटर गहिराइसम्म हेर्न मिल्ने डिभाइस


काठमाडौं – नारायणगढ-मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार पहिरोले बगाएर हराइरहेका बस र यात्रुको खोजी गर्न सुरक्षाकर्मीले तालिमप्राप्त गोताखोरसहित विभिन्न आधुनिक उपकरणको प्रयोग गर्दै साहसका साथ घटनास्थलदेखि ४० किलोमिटर तल गण्डक बाँधसम्म खोजी कार्य गरिरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार खोजी कार्यमा ५ सय जनाभन्दा बढी सुरक्षाकर्मी, २८ जना तीव्र बहाव भएका नदीमा खोजी गर्नसक्ने तालिमप्राप्त गोताखोर, एअर ड्रोन, वाटर ड्रोन, सोनार क्यामरा, बइनाकुलर टेलिस्कोप, बीग मेगनेटस, राफ्ट बोटस, कायाक्सलगायतका उपकरणको प्रयोग भइरहेको छ।

हाल १२ वटा राफ्ट बोट प्रयोग गरी विभिन्न ठाउँमा खोजी गरिएको बताइएको छ।

यस्तै, खोजि कार्यका लागि २ सय मिटर गहिराइसम्म हेर्न मिल्ने डिभाइस प्रयोग गरिएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया