फेरी पनि टिप्परले…: दमकमा टिप्परको ठक्करबाट एकको मृत्यु, ४ घाइते


दमक – पूर्वपश्चिम राजमार्गस्थित दमक नगरपालिका–४ मा शनिबार अपर ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

मृत्यु हुनेमा मोरङ रतुवाई नगरपालिका–८ बस्ने २४ वर्षीय अनिष कोइराला रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घाइते हुनेमा सोही स्थान बस्ने २३ वर्षीय निरन बस्नेत, १८ वर्षीय हर्षित बाँस्तोला, उर्लाबारी नपा–८ बस्ने ४० वर्षीय तुलाराम ढुङ्गाना र सोही ठाउँ बस्ने ८५ वर्षीय शिवलाल ढुङ्गाना रहेका छन्।

पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश नं १–०२–००१क १०८२ नंको ट्रिपरले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश–१–०२–०४४प ८१३३ नंको मोटरसाइकल र को २८ प ११३६ नंको अर्को मोटरसाइकललाई ठक्कर दिँदा उनीहरु घाइते भएका थिए।

घाइतेमध्ये कोइरालाको उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये प्रदेश–१–०२–०४४प८१३३ नंको मोटरसाइकल चालक बस्नेत र बाँस्तोलाईलाई विर्तामोडस्थित विएण्डसी अस्पताल, को २८प ११३३ नंको मोटरसाइकल चालक ढुङ्गाना, पछाडि बस्ने शिवलाललाई दमक अस्पतालमा उपचारका लागि पठाइएको छ।

इलाका प्रहरी कार्यालय दमकले ट्रिपर चालक दमक नगरपालिका बस्ने ४९ वर्षीय प्रकाश तामाङ र टिपर नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया