प्रधानमन्त्रीको शपथका लागि सांसदहरुलाई शीतल निवासको निम्तो


काठमाडौँ – राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथका लागि संघीय सांसदहरुलाई निमन्त्रणा पठाएको छ ।

राष्ट्रपति कार्यालयले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुअघि नै संसद सचिवालयलाई पत्राचार गर्दै सबै सांसदहरुलाई शपथ ग्रहण समारोहमा सहभागी हुन निमन्त्रणा गरेको हो ।

पत्रअनुसार प्रधानमन्त्रीको शपथ सोमबार बिहान ११ बजेका लागि तय गरिएको छ ।

प्रतिक्रिया