
राष्ट्रपति पौडेलले गरे कानूनविद्हरूसँग परामर्श
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आज कानूनविद्हरूसँग परामर्श गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएकाले नयाँ सरकार गठनको संवैधानिक व्यवस्थाका विषयमा उनले संविधान तथा कानूनविद्हरूसँग परामर्श गरेका हुन् ।
सो छलफलमा कानुनविद्हरू पूर्णमान शाक्य, विपिन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, सीताराम केसीको सहभागिता रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।



कागजपत्र |
