यी दुई बस, जुन ५१ यात्रुसहित त्रिशुलीमै हराइरहेका छन्…


काठमाडौं – शुक्रबार एकाबिहानै मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा पहिरोमा परेका दुई यात्रुबहाक अहिलेसम्म भेटिएको छैन ।

बिहान साढे ३ बजे पहिरोमा परेका दुई यात्रुबहाक बसमा ५१ जना यात्रु बेपत्ता छन् । अहिले घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका साथै स्थानीयहरु खोजी कार्यमा सक्रिय रहेका छन् ।

उक्त घटनामा परि ३ जना यात्रुहरु हाम्फालेर बाँच्न सफल भएका छन् ।

काठमाडौंबाट गौर जाँदै गरेको ०००१ ख २४९५ र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स पहिरोमा परेर अहिलेसम्म भेटिएको छैन । बससँगै यात्रुहरूको अवस्था पनि अज्ञात नै छ ।

प्रतिक्रिया