त्रिशुलीमा बेपत्ता भएका आफन्त खोज्न आएकालाई चितवनका होटलले निःशुल्क खाना खुवाउने


चितवन- भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरोमा परेर दुई बससहित त्रिशुलीमा बेपत्ता यात्रुहरुको खोजीका लागि आएका आफन्तलाई चितवनका होटलहरुले नि:शुल्क खाना खुवाउने भएका छन् ।

होटल व्यवसायी संघ चितवनले पहिरोमा परेर बससँगै बेपत्ता भएकाहरुको खोजीका लागि आएकाहरुलाई नि:शुल्क खाना खुवाउने विज्ञप्ति निकालेर जानकारी दिएको छ । बेपत्ता भएकाहरुको उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त निर्णय गरेको संघका अध्यक्ष लोकनाथ भट्ट कृष्णले जानकारी दिए ।

 

प्रतिक्रिया