
२४ घण्टामा पहिरोका कारण १५ जनाको मृत्यु
काठमाडौं- विगत २४ घण्टामा नेपालमा पहिरोका कारण १५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बिहीबारदेखि शुक्रबार दिउँसोसम्म कास्कीमा ११ जना, म्याग्दी २ जना, चितवनमा १ जना गरी कुल १५ जनको मृत्यु भएको जानकारी दिए ।
साथै काठमाडौँबाट गौर र वीरगञ्जबाट काठमाडौँ आउने दुई वटा रात्री बस पहिरोले बगाएको सो बसमा रहेका यात्रुहरुको खोजी जारी रहेको पनि उनले बताए ।
उनले यातायात व्यवसायी, केन्द्र सरकार र प्रदेश सरकार एवम् स्थनीय सरकारले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन आग्रह गरे ।
मन्त्रालयका सचिव अर्यालले टिकट नलिइकन यात्रा गर्न नदिन र यात्रुले पनि टिकट नलिकन यात्रा नगर्न आग्रह गरे । उनले सुरक्षा बलले पनि बसहरुको विभिन्न ठाउँमा चेकजाँच गर्न आग्रह गरे ।



कागजपत्र |
