
काठमाडौं आउँदै गरेको विङ्गर सिन्धुलीमा दुर्घटना, ११ जना घाइते
काठमाडौं- सिन्धुलीको गोलान्जोर गाउँपालिकामा सवारी दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको विङ्गर सिन्धुली गोलान्जोर गाउँपालिका-७ स्तिथ सुनकोशी मरीन डाइभर्सन क्षेत्रमा सवारी दुर्घटना भएको हाे ।
सडकबाट करिब ३० मिटर तल खसेको विङ्गरमा सवार ११ जना यात्रु घाइते भएको सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उद्धार लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस खुर्कोटबाट खटिएको चार जना खोताखोरसहितको सात जनाको टोली र नेपाल प्रहरीको संयुक्त टोली खटिएको उनको भनाइ छ ।
घाइतेहरूलाई उपचारका लागि शुभ जीवन अस्पताल खुर्कोट पठाइएको प्रहरीले जनाएको छ ।



कागजपत्र |
