मुग्लिन–नारायणगढ सडकमा पहिरोबाट खसेको ढुंगाले लागेर बस चालकको मृत्यु


चितवन — मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोबाट खसेको ढुंगाले लागेर बस चालकको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका—२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर बुटवलबाट काठमाडौं जाँदै गरेको लु२ख ६५६६ नम्बरको बस चालक मेघनाथ विकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार नवलपरासी सुनवल नगरपालिका—४ बस्ने ३६ वर्षीय विकले चलाइरहेको बसमा माथिबाट ढुंगा खस्दा उनलाई लागेर गम्भीर घाइते भएको अवस्थामा उपचारका लागिचितवन मेडिकल कलेजमा पुर्याइएकोमा अस्पतालमै मृत्यु भएको हो ।

प्रतिक्रिया