विराटनगरको एक होटलमा झुण्डिएको अवस्थामा भेटिए व्यापारी साह


विराटनगर — विराटनगर ९ स्थित फ्रेन्स कर्नर रेस्टुरेन्ट एण्ड लजमा मोरङ रतुवामाइ नगरपालिकाका एक जना व्यापारी मृत भेटिएका छन् ।

रतुवामाइ नपा ५ लारिकट्टा घर भई रंगेली २ बेतौनामा होलसेलको किराना पसल गर्दै आएका वर्ष ३३ गजेन्द्र साहको आज बिहान झुन्डिएको अवस्थामा शव भेटिएको हो । परिवारका आफन्तहरूले घटना रहस्यमय रहेको भन्दै घटनाको अनुसन्धान गर्न माग राखेका छन् ।

प्रहरीले घटनाबारेमा अनुसन्धान सुरु गरिसकेको पनि जनाएको छ ।

प्रतिक्रिया