एकतर्फी खुल्यो पृथ्वी राजमार्ग


चितवन – मौवाखोला नजिकै पहिरो खस्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ ।

आज बिहान ५ बजे चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित मौवाखोला नजिकै ढुङ्गा र लेदो माटोसहितको पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएर अहिले एकतर्फी खुलाइएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा जाममा परेका सवारी साधनहरुलाई पालैपालो गन्तव्यमा पठाइएको छ ।

प्रतिक्रिया