राप्रपाको संसदीय दलको बैठक बस्दै, यस्तो छ छलफलका एजेन्डा


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय गर्न संसदीय दलको बैठक बोलाएको छ ।

पार्टीको संसदीय दलको कार्यालयमा आज बस्ने बैठकले सांसदहरूको सुझावका आधारमा पक्ष वा विपक्षमा निर्णय लिने राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए । साथै बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पछि छलफल हुनेछ ।

सरकारमा रहेका नेकपा एमालेलगायतका केही दलहरू सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते विश्वासको मत लिँदै छन् ।

मुलुकलाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने, सङ्घीयता खारेजीलगायत माग राख्दै आएको राप्रपाको प्रतिनिधिसभामा १४ सिट छ ।

प्रतिक्रिया